यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग « Khabarhub

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने यामालसँगको चर्चित बाल्यकालको तस्बिरलाई जीवनकै ‘अविश्वसनीय संयोग भएको बताएका छन् । फिफा विश्वकप २०२६ को फाइनलअघि उक्त तस्बिरबारे पहिलो पटक खुलेर बोल्दै मेस्सीले यामालको खुलेर प्रशंसा पनि गरेका छन् ।

न्युयोर्कमा आयोजित फ्यानाटिक्स फेस्ट कार्यक्रममा मेस्सीसँग सन् २००७ मा खिचिएको तस्बिरबारे प्रश्न गरिएको थियो। उक्त तस्बिरमा तत्कालीन २० वर्षीय मेस्सीले युनिसेफको परोपकारी फोटोसुटका क्रममा शिशु यामाललाई काखमा बोकेका र नुहाइदिएका थिए । अहिले त्यही यामाल विश्व फुटबलका उदाउँदा सुपरस्टार बनेका छन् र विश्वकप फाइनलमा मेस्सीकै विपक्षीका रूपमा मैदानमा उत्रने तयारीमा छन् ।

मेस्सीले भने, ‘लामिनेसँगको त्यो तस्बिर साँच्चै पागलपनजस्तै संयोग हो। जीवनले यस्ता आश्चर्यजनक मोड पनि दिन्छ। जब त्यो तस्बिर खिचिएको थियो, उनी सानो बच्चा थिए। आज हामी विश्वकप फाइनलमा एकअर्काविरुद्ध खेल्न लागिरहेका छौं।’

३९ वर्षीय मेस्सीले १९ वर्षीय यामाललाई वर्तमान विश्व फुटबलकै उत्कृष्ट खेलाडीमध्ये एकको संज्ञा दिए । उनले यामालको खेललाई आफूले नजिकबाट पछ्याउँदै आएको बताउँदै भविष्य अझ उज्ज्वल रहेको उल्लेख गरे ।

‘उनी असाधारण खेलाडी हुन्। अहिले नै विश्वका उत्कृष्टमध्ये एक बनिसकेका छन्। उमेर अझै १९ वर्ष मात्र भएकाले उनको अगाडि ठूलो भविष्य छ। म उनलाई सफलताको शुभकामना दिन्छु, किनकि उनको सफलता बार्सिलोनाको सफलता पनि हो,’ मेस्सीले भने ।

सन् २००७ मा बार्सिलोना र युनिसेफको संयुक्त परोपकारी क्यालेन्डरका लागि आयोजना गरिएको फोटोसुटमा यामालको परिवार लक्की ड्रमार्फत छनोट भएको थियो । त्यतिबेला सामान्य सम्झिएको त्यो तस्बिर सन् २०२४ मा यामालका बुबाले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विश्वभर भाइरल बनेको थियो । अहिले भने त्यही तस्बिर विश्वकप फाइनलअघि फुटबल इतिहासकै सबैभन्दा प्रतीकात्मक क्षणमध्ये एकका रूपमा चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १० : ११ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा