नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी « Khabarhub

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक टोलीलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर वा पहिले ब्याटिङ गर्दै नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रनको योगफल तयार पारेको थियो। १८९ रनको विजयी लक्ष्य पछ्याएको कर्नाटकको टोली नेपाली बलरको घातक बलिङसामु २८ ओभरमै ७२ रनमा अलआउट भयो।

कर्नाटकका लागि शरद श्रीनिवासले ६५ बलमा ३ चौकासहित सर्वाधिक ३२ रन बनाएर अविजित रहे। त्यस्तै रेवन्थ बैरीले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्नाटकका चार ब्याटर शून्य रनमै पेभिलियन फर्किएका थिए।

कर्नाटकलाई सस्तैमा समेट्न नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे। करण केसीले ५ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने ललित राजवंशीले ४ ओभरमा १ मेडन राख्दै ५ रन दिएर २ विकेट लिए। यस्तै शेर मल्लले ६ ओभरमा १७ रन दिएर २ विकेट तथा बसिर अहमदले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे। हेमन्त धामी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि ब्याटिङतर्फ टोलीले १८८ रन जोडेको थियो।

नेपालका लागि ओपनिङआसिफ शेखले ४९, इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशन झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट लिए ।

एसिसी प्रिमियर कप खेल्न मलेसिया जानुअघि नेपालले भारतमा अभ्यास गरिरहेको हो । प्रिमियर कप ३० अगस्टदेखि आयोजना हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनको सामना गर्नेछ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ४१ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल