जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता  « Khabarhub

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई मोर्चाको प्रवक्ताको जिम्मेवारी दिएको छ।

नेकपा छाडेका नेता जनार्दन शर्मासहितको मंगलबार बसेको मोर्चाको बैठकले राउतलाई प्रवक्ता बनाउने निर्णय गरेको हो। 

बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि दल सरकारमा सहभागी नहुने निर्णयसमेत गरेको छ। यससँगै मोर्चाले तत्काल सरकारमा सहभागिताभन्दा निर्वाचन केन्द्रित राजनीतिक गतिविधिलाई प्राथमिकता दिने संकेत गरेको छ।

अग्रगामी मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा आबद्ध छन्।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १२ : ४१ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा