कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन « Khabarhub

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले पार्टीको विधान संशोधनका लागि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

संसदीय दलको बैठक जारी रहेकै क्रममा विधान संशोधन कार्यदल गठन गरिएको हो । संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार रास्वपाको ‘विधान २०८३’ लाई आवश्यकता अनुसार संशोधन गर्न प्रमुख सचेतक बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

कार्यदललाई विधानमा आवश्यक संशोधन पहिचान गरी आगामी सात दिनभित्र संशोधित प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको छ ।

संसदीय दलको अनौपचारिक बैठक भने जारी रहेको छ । बैठकमा विधान संशोधनलगायत पार्टीका समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १ : ५२ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा