बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन « Khabarhub

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी सेक्युरिटिज प्रालिलाई धितोपत्र कारोबार गर्नबाट निलम्बन गरेको छ । 

शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट कार्य तोकिएको समयभित्र नगरेको पाइएपछि नेप्सेले उक्त ब्रोकर कम्पनीलाई कारबाही स्वरूप निलम्बन गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मिति २०८३/०५/०३ मा नेप्सेलाई पत्र लेख्दै बेनी सेक्युरिटिजले राफसाफको काम पुरा नगरेकाले निलम्बन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) को व्यवस्था बमोजिम ३ (तीन) कार्य दिनका लागि कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

नेप्सेले यस निर्णयको जानकारी नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र सम्बन्धित अन्य शाखाहरूलाई समेत गराएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ३ : २३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग