प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि ! « Khabarhub

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्री हेरफेर नगर्ने स्पष्टीकरण दिएका छन्।

बुधबार बालेनबिनै बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नमा अहिले मन्त्री हेरफेर गर्ने निष्कर्ष आफूहरू नपुगेको बताएका छन्।

‘तत्काल कुनै मन्त्री फेरबदल हुँदैनन्। १०० वटा काममा दुई तीनवटामा प्रश्न उठ्यो होला तर त्यसो भन्दैमा परिवर्तन गर्ने पक्षमा पुगेका छैनौं’, लामिछानेले भने, ‘संसदीय अभ्यासलाई व्यवस्थित मर्यादित र मन्त्रीसँगै सांसदहरूको समन्वय राम्रो होस् भन्ने हेतुले यो बैठक गरिएको हो।’

लामिछानेले रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने विषयमा पनि मुख खोलेका छन्। उनले पार्टी विधानमा पाँच वर्षसम्म गरिसक्नुपर्ने व्यवस्था रहेकाले त्यही व्यवस्था अनुसार अगाडि बढ्ने उल्लेख गरे ।

सभापति लामिछानेले सञ्चारमाध्यमले लेखेरै प्रधानमन्त्री र आफूबीचको सम्बन्ध अझ गाढा भएकाले लेखिरहन आग्रह गरेका छन्।

‘तपाईंहरूले कहिलेकाहीँ लेख्नुहुन्छ, म र प्रधानमन्त्रीबीच दूरी बढेको छ भनेर यो तपाईंहरूले लेखेका कारण अझै हामी निकटता भएका छौँ’, उनले भने, ‘लेख्न नछोड्नुहोला ।’

प्रधानमन्त्रीले एक्लै भएँ भनेर लेखेको फेसबुक स्टाटसको पनि जवाफ दिए । भने, ‘प्रधानमन्त्री साहित्यकार र गीतकार पनि हो नि, त्यसकारण सबै कुरा राजनीति हिसाबले नबुझिदिनुहोला ।’

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ४ : १७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार