युक्रेनी बसमा रूसी आक्रमण चार जनाको मृत्यु « Khabarhub

युक्रेनी बसमा रूसी आक्रमण चार जनाको मृत्यु


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

युक्रेन– दक्षिणी युक्रेनको अग्रीणी शहर खेरसनमा एउटा बसमा भएको रूसी ड्रोन आक्रमणमा बुधबार चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ ।

रूसी सेनाले सन् २०२२ मार्च देखि नोभेम्बर सम्म मस्कोको नियन्त्रणमा रहेको सहरमा नियमित रूपमा ड्रोनद्वारा नागरिकलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

रूसी सैन्य बलले खेरसनको सडकमा ड्रोनद्वारा यात्रा गर्ने बसमा आक्रमण गरेको जनाइएको छ । प्रारम्भिक जानकारी अनुसार आक्रमणमा चार जना नागरिक यात्रुको मृत्यु भएको   कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ । आक्रमणमा थप चार जना घाइते भएको बताइएको छ । 

यस क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुडिनले बसका झ्यालहरू टुटेको तस्बिर पोस्ट गरेका छन् ।

युक्रेनले यस महिनाको सुरुमा रूसलाई खेरसनको सडक बजारमा लामोदुरीका एफपिभी ड्रोनद्वारा एक व्यक्तिलाई पछ्याएको आरोप लगाएको थियो ।

सन् २०२२ मा युक्रेनी प्रतिआक्रमणद्वारा सहरबाट भगाएका रूसी सेनाहरू अहिले खेरसन हुँदै बग्ने नीपर नदीको अर्को किनारमा तैनाथ  रहेको जनाइएको छ ।

सन् २०२६ मा द्वन्द्वमा नागरिकहरूको मृत्युमा वृद्धि भएको  संयुक्त राष्ट्र सङ्घले रिपोर्ट गरेको छ । रासस
 

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ३१ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार