धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह « Khabarhub

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

विभिन्न माग राखेर पाँच दिनदेखि ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरुको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकको स्वास्थमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ । 

आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा प्रदर्शनरतको सुरक्षार्थ निजहरूलाई उचित स्थानमा स्थानान्तर गर्न र निजहरूको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

समस्या समाधानका लागि नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालको तर्फबाट वार्ता टोली गठन भएकामा आयोगले यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ । 

साथै, हरेक समस्याको समाधान वार्ता र संवादबाटै संभव भएकाले दुवैतर्फका समितिले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्नसमेत आयोगले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ४२ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि