सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद « Khabarhub

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन लाग्ने सम्पूर्ण खर्च र कानुनी प्रक्रिया सरकारले व्यहोर्ने भएको छ ।

रास्वपा सांसद आशिका तामाङका अनुसार शव ल्याउने कार्गो तथा कानुनी प्रक्रियाको खर्च सरकारले नै व्यहोर्ने निश्चित भएको हो । सबै प्रक्रिया पूरा गरी करिब १५ दिनभित्र शव नेपाल आइपुग्ने बताइएको छ ।

यसअघि आर्थिक अभावका कारण शव ल्याउन सहयोगको अपिल गरिएको थियो । अब सरकारले खर्च व्यहोर्ने भएपछि थप सहयोग आवश्यक नरहेको सांसद तामाङले स्पष्ट पारेकी छन्। यसअघि संकलित रकम भने राईको काजक्रिया तथा छोराछोरी र बुबाको हेरचाहमा प्रयोग गरिने उनले बताएकी छन् ।

सरकारसँगको यही विषयलाई लिएर केही दिनदेखि असन्तुष्ट रहेकी तामाङले मंगलबार संसद् समेत बहिष्कार गरेकी थिइन् । सरकारले प्रक्रिया अघि बढाएपछि उनले सामाजिक सञ्जालमा ‘अबदेखि मर्यादामा रहेर रिसाउने छु’ भन्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिएकी छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ८ : २२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने