इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै « Khabarhub

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र करिब एक हजार दुई सय जना घाइते भएको चार दिनपछि पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा किराना पसल, पेट्रोल पम्प तथा अन्य व्यापारिक प्रतिष्ठान पुनः सञ्चालनमा आएका छन् ।

गत शनिबार बिहान गएको भूकम्पबाट हजारौँ घर तथा सार्वजनिक संरचनामा क्षति पुगेपछि ५९ हजार ६ सयभन्दा बढी मानिस अझै पाल, उद्धार केन्द्र र अस्थायी आश्रयस्थलमा बसिरहेका अधिकारीले बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पबाट ११ हजार नौ सय २५ घर, १८२ स्वास्थ्य संस्था, ६५३ विद्यालय, १८४ सरकारी कार्यालय र १७३ धार्मिक स्थलमा क्षति पुगेको छ ।

प्रभावित समुदायमा खाद्यान्न, पारिवारिक पाल, आश्रय सामग्री र अन्य राहत सामग्रीसहित ३९८ टन राहत सामग्री पुर्याइएको एजेन्सीले जनाएको छ । पहाडी भूभाग तथा क्षतिग्रस्त र साँघुरा सडकका कारण राहत सामग्री वितरणमा भने कठिनाइ भइरहेको अधिकारीले बताएका छन् ।

दुर्गम क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले सैन्य विमान, पानीजहाज र थप जनशक्ति परिचालन गरेको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता बर्टन पानजाइतानले बताए ।

पूर्वी नुसा तेङ्गरा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका लेनाले भूकम्प प्रभावित सातवटै क्षेत्रका स्थानीय सरकारहरूले विपद्पछिको पुनर्लाभ तथा प्रशासनिक कामलाई गति दिन पुनः काम सुरु गरेको बताए ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि पछि हटाइएको थियो । अधिकारीहरूले बुधबारसम्म तीन हजारभन्दा बढी परकम्प रेकर्ड गरेका छन् ।

परकम्पको त्रासका कारण टापुभरि हजारौँ मानिस राति बाहिरै सुतिरहेका छन् । उद्धारकर्मीहरूले थप पीडितको खोजी गर्दै पहिरो र भग्नावशेष हटाइरहेका छन् । आफ्ना सामान तथा पशुधन सुरक्षित राख्न धेरै मानिस क्षतिग्रस्त घरनजिकै आश्रय लिएर बसेकाले राहत वितरण थप चुनौतीपूर्ण बनेको उद्धार अभियान संयोजक फतुर रहमानले बताए ।

यसैबीच, मौमेरेमा बजार तथा पेट्रोल पम्प खुलेपछि ठूलो भीड लागेको छ । अत्यधिक प्रभावित मङ्गाराई रिजेन्सीको रियोमा पनि किराना पसल खुलेपछि आवश्यक सामग्री खरिद गर्न स्थानीयवासी लामबद्ध भएका छन् ।

इन्डोनेसिया १७ हजारभन्दा बढी टापु भएको देश हो र प्रशान्त महासागरीय ‘आगोको घेरा’मा पर्ने भएकाले यहाँ भूकम्प तथा ज्वालामुखी विस्फोटको जोखिम उच्च छ । फ्लोरेसमा सन् १९९२ मा गएको भूकम्प र त्यसपछिको सुनामीमा करिब दुई हजार पाँच सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ८ : ५३ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा