आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु « Khabarhub

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि भद्र, मर्यादित र अनुशासित भएर प्रस्तुत हुने प्रयास गर्ने बताएकी छन् ।

रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले सांसदहरूलाई संसदमा मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएपछि तामाङले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु।’

बैठकमा लामिछानेले सांसद तामाङ र खगेन्द्र सुनारलाई संसदमा प्रस्तुत हुने शैलीलाई लिएर सचेत गराएको बताइएको छ । तामाङले यसअघि आफ्नो निर्वाचन क्षेत्रका एक युवाको शव नेपाल ल्याउन सरकारले सहयोग नगरेको भन्दै संसदमा आक्रोश व्यक्त गरेकी थिइन् ।

लामिछानेले सांसदहरूले अभियन्ताको शैलीभन्दा फरक ढंगले संसदीय मर्यादाभित्र रहेर आफ्ना कुरा राख्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ९ : ५१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने