संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड « Khabarhub

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् ।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तनलाई पूर्णता दिन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयत्न स्वीकार्य नहुने उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए

उनले राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताए।

‘संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ’, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

संयोजक दाहालले संविधान केवल एउटा कानुनी दस्तावेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गरेका छन् ।

उनले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत जनताले प्राप्त गरेका अधिकार र उपलब्धिलाई संस्थागत गर्दै समृद्धि तथा सामाजिक न्यायको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : २० बजे

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल