काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा यो दिवस राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको हो।
संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय तहदेखि विभिन्न राजनीतिक दल, संघसंस्था तथा नागरिकस्तरमा विविध कार्यक्रम आयोजना हुँदैछन्। काठमाडौंमा हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ।
दिवसका अवसरमा राजनीतिक दलका नेताहरूले संविधानको कार्यान्वयन, संरक्षण र उपलब्धिका विषयमा शुभकामना सन्देशसमेत जारी गरेका छन्।













प्रतिक्रिया