तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर « Khabarhub

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । 

केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११५.५ लिटर उपलब्धता रहेको जानकारी दिए । 

त्यस्तै १४ केजी मासु आवश्यक पर्नेमा १४.२ केजी केजी मासु उपलब्धता छ । ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८१ गोटा अण्डा उपलब्धता रहेको ठकुरीले बताए। यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २४.५४ लिटर, मासुमा ०.२ केजी र अण्डामा ३३ गोटा बढी उत्पादन भइरहेको उनले बताए। 

माछामा भने ७ केजी आवश्यक पर्नेमा ०.२७ केजीमात्रै उपलब्धता छ । माछामा अझै ६.७ केजी अपुग रहेको ठकुरीले बताए। उनका अनुसार जिल्लामा ७८ हजार तीन सय नौ परिवार सङ्ख्या रहेकामा ४९ हजार छ सय ४० परिवार पशुपालनमा निर्भर रहेको छ । 

आर्थिक वर्ष २०८२-८३ मा जिल्लामा ७६ हजार एक सय २१ मेट्रिक टन दूध उत्पादन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा ७४ हजार सात सय ५१ मेट्रिक टन दूध उत्पादन भएको थियो । यो वर्ष एक हजार तीन सय ६९ मेट्रिक टन बढी दूध उत्पादन भएको छ । दूध उत्पादक कृषकलाई उत्पादनमा प्रोत्साहन दिने नीतिले कृषक पशुपालनतर्फ आकर्षित भएको ठकुरीको भनाइ छ । 

आर्थिक वर्ष २०८२-८३ मा चार हजार सात सय ८१ दशमलब ३ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा चार हजार नौ सय ९८ दशमलब १९ मेट्रिक टन मासु उत्पादन भएको थियो । मासुमा राँगा, भैसी, खसीबोका र सुङ्गुर बङ्गुरको उत्पादन घटेको छ भने कुखुराको उत्पादन बढेको ठकुरीले बताए। 

आर्थिक वर्ष २०८२-८३ मा एक सय ६४ मेट्रिक टन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा एक सय १३ मेट्रिक टन माछा उत्पादन भएको थियो ।  जिल्लामा गाई,  हाँस, खरायो पालनको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ४९ हजार सात सय ४२ गाईपालन गरिएकामा आर्थिक वर्ष २०८२-८३ मा गाईको सङ्ख्या ४९ हजार नौ सय १२ पुगेको छ । 

आर्थिक वर्ष २०८१-८२ मा भैँसी ५३ हजार तीन सय ८३ रहेकामा आर्थिक वर्ष २०८२-८३ मा ५१ हजार दुई सय ३५, आर्थिक वर्ष २०८१-८२ मा बाख्रा तीन लाख ८८ हजार एक सय ७६ रहेकामा आर्थिक वर्ष २०८२-८३ मा तीन लाख ७४ हजार सात सय ६५ रहेको छ । 

आर्थिक वर्ष २०८१-८२ मा कुखुरा नौ लाख ९८ हजार नौ सय ३६ रहेकामा आर्थिक वर्ष २०८२-८३ मा नौ लाख ९७ हजार सात सय ६५ पुगेको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ७ : ५५ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा