सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा « Khabarhub

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत घोषणा गर्दै राष्ट्रपति ट्रम्पले ती सञ्चार संस्थाले आफू, ट्रम्प प्रशासन र अमेरिकाबारे समाचार सम्प्रेषण गर्दा ‘झुटा’ र ‘मनगढन्ते’ सामग्री प्रकाशन तथा प्रसारण गरेको आरोप लगाएका हुन् । यद्यपि, उहाँले आरोप पुष्टि हुने कुनै विशेष समाचार वा रिपोर्टको उदाहरण भने दिएका छैनन्।

राष्ट्रपति ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई तत्काल प्रभावबाट ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने बताउँदै अन्य ‘फेक न्युज’ सञ्चार संस्थामाथि पनि कारबाही गरिने चेतावनी दिए ।

ट्रम्पको घोषणाप्रति प्रतिक्रिया जनाउँदै सीएनएनले यसलाई अमेरिकी प्रेस स्वतन्त्रतामाथिको ‘गैरकानुनी हमला’ भएको जनाएको छ। नेटवर्कले ह्वाइट हाउसमा खटिएको आफ्नो समाचार टोली र निष्पक्ष तथा सटीक रिपोर्टिङप्रति आफू प्रतिबद्ध रहेको बताएको छ।

सीएनएनले अमेरिकी संविधानले सरकार वा राष्ट्रपतिको हस्तक्षेपबिना प्रशासनसम्बन्धी समाचार संकलन तथा सम्प्रेषण गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै ट्रम्पको घोषित प्रतिबन्ध कार्यान्वयन भएमा त्यो संवैधानिक अधिकारमाथिको गैरकानुनी हस्तक्षेप हुने जनाएको छ।

पोलिटिकोले पनि ह्वाइट हाउस प्रशासनसम्बन्धी निष्पक्ष रिपोर्टिङलाई निरन्तरता दिने जनाएको छ। प्रेस स्वतन्त्रता सीमित गर्ने कुनै पनि प्रयासको आफूले दृढतापूर्वक विरोध गर्ने संस्थाको भनाइ छ।

यसैबीच, एमएस नाउले भने ट्रम्पको घोषणाबारे तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ९ : १६ बजे

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर