संविधान दिवसमा सुनसरीमा प्रभातफेरी « Khabarhub

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम इनरुवामा प्रभातफेरी निकालिएको छ।

जिल्ला समन्वय समिति सुनसरीको संयोजनमा आयोजित प्रभातफेरीमा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, सुरक्षाकर्मी, सरकारी कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।

जिल्ला समन्वय समिति परिसरबाट सुरु भएको प्रभातफेरी इनरुवाको मुख्य बजार हुँदै पञ्चवटी पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रमको समापनका अवसरमा जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष राजन मेहताले झण्डोत्तोलन गरेका थिए। सो अवसरमा अध्यक्ष मेहता र प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सम्बोधन गरेका थिए।

संविधान दिवसकै अवसरमा इनरुवामा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १० : ५५ बजे

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले