संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी « Khabarhub

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई विकास तथा समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले प्राकृतिक विपद्को सामना गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।

उनले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र सहकार्यका माध्यमबाट विकास र समृद्धितर्फ अघि बढ्नु राष्ट्रिय लक्ष्य र संविधानले तय गरेको मार्गचित्र भएको उल्लेख गरेका छन्।

रेग्मीले लामो संघर्ष तथा विभिन्न समयका जनआन्दोलनको उपलब्धिका रूपमा दुई पटक संविधानसभाको निर्वाचनपछि २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गरेका छन्। त्यसैले संविधानलाई सहज रूपमा परिवर्तन गर्नुभन्दा समयको मागअनुसार यसको संरक्षण र संवर्द्धन गर्नु उपयुक्त हुने उनको भनाइ छ।

नेपालजस्तो पहाडी तथा भूकम्पीय जोखिमयुक्त मुलुकमा बाढीपहिरो र जलवायु परिवर्तनका असर प्राकृतिक चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले हालै रसुवामा आएको बाढीबाट ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले उक्त विपद्मा अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको उल्लेख गर्दै घटनालाई मर्माहत र हृदयविदारक भएको बताएका छन्।

रसुवाको बाढी अत्यधिक वर्षाका कारण नभई हिमपहिरोका कारण आएको र त्यसमा जलवायु परिवर्तनको असरसमेत रहेको उल्लेख गर्दै रेग्मीले यस्ता विपद्सँग जुध्न नेपालसँग पर्याप्त क्षमता नरहेको बताएका छन्। उनले जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको तथा यसका लागि संयुक्त राष्ट्रसङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

दीर्घकालीन रूपमा भने यस्ता विपद्को सामना गर्ने आफ्नै क्षमता र सामर्थ्य बढाउँदै लैजानुपर्ने उनको भनाइ छ।

वर्तमान विपद्को सामना गर्न सरकारका प्रयासमा साथ दिँदै हिमाल, पहाड र तराईका निजी तथा सार्वजनिक क्षेत्र, व्यक्ति र संस्थाहरू एकजुट भएको उल्लेख गर्दै रेग्मीले यसलाई नेपालीको मौलिक स्वभाव र चरित्रका रूपमा व्याख्या गरेका छन्।

संविधान दिवसले सबै नेपालीको हित प्रवर्द्धन गर्ने कार्यमा एकजुट हुन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ११ : २५ बजे

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना