यमनमा साउदी हवाई आक्रमण तीव्र « Khabarhub

यमनमा साउदी हवाई आक्रमण तीव्र


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको छ। हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन्।

सारियाका अनुसार यसै साता यमनका नौ प्रान्तमा गरी करिब ३०० पटक हवाई आक्रमण भएको छ। यद्यपि, साउदी अधिकारीहरूले हुथी प्रवक्ताले लगाएको आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

यसैबीच, बाब अल–मन्देब जलडमरूनजिकै पर्ने लाहिजको कहबुब पर्वतीय क्षेत्रमा भीषण स्थल संघर्ष भएको बताइएको छ। ताइज र मारिब क्षेत्रमा पनि हुथी समूह र गठबन्धन समर्थित पक्षबीच झडप जारी रहेको जनाइएको छ।

हुथी समूहले लाल सागरको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि यमनमा हिंसा थप बढेको बताइएको छ।

यमनमा सन् २०१४ मा हुथी विद्रोहीहरूले राजधानी साना नियन्त्रणमा लिएपछि द्वन्द्व सुरु भएको थियो। त्यसपछि साउदी नेतृत्वको गठबन्धनले यमन सरकारको समर्थनमा हुथीविरुद्ध सैन्य कारबाही गर्दै आएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ११ : ५८ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९