यमनमा साउदी हवाई आक्रमण तीव्र « Khabarhub

यमनमा साउदी हवाई आक्रमण तीव्र


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको छ। हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन्।

सारियाका अनुसार यसै साता यमनका नौ प्रान्तमा गरी करिब ३०० पटक हवाई आक्रमण भएको छ। यद्यपि, साउदी अधिकारीहरूले हुथी प्रवक्ताले लगाएको आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

यसैबीच, बाब अल–मन्देब जलडमरूनजिकै पर्ने लाहिजको कहबुब पर्वतीय क्षेत्रमा भीषण स्थल संघर्ष भएको बताइएको छ। ताइज र मारिब क्षेत्रमा पनि हुथी समूह र गठबन्धन समर्थित पक्षबीच झडप जारी रहेको जनाइएको छ।

हुथी समूहले लाल सागरको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि यमनमा हिंसा थप बढेको बताइएको छ।

यमनमा सन् २०१४ मा हुथी विद्रोहीहरूले राजधानी साना नियन्त्रणमा लिएपछि द्वन्द्व सुरु भएको थियो। त्यसपछि साउदी नेतृत्वको गठबन्धनले यमन सरकारको समर्थनमा हुथीविरुद्ध सैन्य कारबाही गर्दै आएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ११ : ५८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली