संविधान दिवसका अवसरमा साइकल र्‍याली « Khabarhub

संविधान दिवसका अवसरमा साइकल र्‍याली


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्‍याली गरेको छ । र्‍यालीमा काठमाडौँ शिक्षालय ललितपुरका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी तथा स्थानीय जनसमुदाय गरी ३०० भन्दाबढी साइकलयात्री रहेका थिए ।

उक्त र्‍याली व्यवस्थापन गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेको थियो । ‘बाढीपीडितका लागि साइकाल र्‍याली, मानवताका लागि एकता’ भन्ने नारासहित आयोजना गरिएको साइकल र्‍यालीको सुरुआत महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गरे । उनले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताए ।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्ने तथा साइक्लिङलाई केबल खेलकुद गतिविधिका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व भएको बताए । विद्यालयले भोटेकोशी बाढी प्रभावितलाई यसअघि नै ललितपुर प्याब्सनमार्फत रु ५१ हजार सहयोग गरिसकेको छ ।

र्‍याली काठमाडौँ शिक्षालय ललितपुर इमाडोल, ललितपुरबाट सुरु भई कृष्णमन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टीकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शङ्ख देवी मन्दिर पुगेको थियो । त्यसपछि विष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका हुँदै पुनःकाठमाडौँ शिक्षालय ललितपुरको परिसरमा फर्किएर र्‍याली समापन गरिएको थियो । दुई विधामा २० र २५ किलोमिटर दूरीको र्‍यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ५७ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको