सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी « Khabarhub

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मध्यहर्षाही क्षेत्रमा शनिबार साँझ अज्ञात समूहले गोली चलाएको हो ।

अज्ञात समूहको गोली लागेर घाइते भएका स्थानीय निरज यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ७ : १४ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक