साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध « Khabarhub

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो धुवाँ र आगोको ज्वाला देखिएपछि विमानस्थलले दिने उडान र अवतरण सेवा अवरुद्ध बनेको छ । विमानस्थल सुरक्षा ‘ट्र्याकिङ’ गर्ने वेबसाइटमा साउदी राजधानीको ‘रियाद किङ खालिद इन्टरनेशनल एअरपोर्ट’ मा विमानको उडान र अवतरण अवरूद्ध भएको वा ढिलो भएको रिपोर्ट गरिएको छ। यसअघि साउदी अधिकारीहरूले त्यहाँ हवाई आक्रमणको चेतावनी जारी गरेका थिए।

विमानस्थल नजिक साउदी तेल दिग्गज अरामकोको लोगो अङ्कित जलेको इन्धन ट्याङ्कीको आगो निभाउन दमकलकर्मीहरू देखिएकाघटनास्थलमा पुगेका एएफपीका एक पत्रकारले बताए । ‘फ्लाइटरडार–२४’ नामक ‘ट्र्याकिङ वेबसाइट’ले विमानस्थलमा ‘ठूला समस्याहरू’ भएको रिपोर्ट गर्दै यसलाई अधिकतम अवरोध सूचकाङ्कअन्तर्गत सूचीबद्ध गरेको छ। यो अवरोध छिमेकी यमनमा यस महिना लडाइँ तीव्र भएपछि साउदी अधिकारीहरूले जारी गरेको रात्रिकालीन हवाई आक्रमण चेतावनीपछि आएको हो ।

यो चेतावनी पहिलो पटक जारी गरिएको थियो । बिहानैको चेतावनीपछि केही घण्टामा बासिन्दाहरूले नाम उल्लेख नगर्ने शर्तमा बताए, “उनीहरूले साउदी राजधानीका केही भागमा फेरि विस्फोटको आवाज सुनेका थिए।” “विमानस्थलको दिशामा हामीले कालो धुवाँ र आगो देखेका थियौँ,” एक बासिन्दाले एएफपीसँग भने । यमनका हुथीहरूले यस महिना उकपछि अर्को सफल आक्रमण गर्दै देश (यमन) को ठूलो भूभाग कब्जा गरेका छन्।

साउदी अरबको समर्थनमा रहेको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार यसको सामना गर्न हतारिएको पाइन्छ । क्षेत्रीय शक्तिशाली देश साउदी अरब आफैले हुथी नियन्त्रित क्षेत्रहरूमा दर्जनौँ हवाई हमला गरेको छ तर यमनी विद्रोहीको आक्रमणलाई अघि बढ्न रोक्न असफल भएको छ । उसले आफ्नो सहयोगी संयुक्त राज्य अमेरिकाबाट सहयोग खोजेको छ ।

तर त्यो सहयोग प्राप्त भएको छैन । शान्ति सम्झौतापछि शान्त यमनमा लामो गृहयुद्धको शान्तिलाई भङ्ग गर्दै पुनः आक्रमणहरू हुन थालेपछि यसको असर साउदी अरबको राजधानी रियादमा सुरक्षा चेतावनी बढेको छ । यसले अमेरिका–इरान युद्धका लगभग सात महिनाले पहिले नै दबाबमा रहेको विश्व अर्थतन्त्रलाई थप चिन्तातर्फ धकेलेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ७ : २० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा