छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते « Khabarhub

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोटर चलाएर खेतमा पानी लगाउन क्रममा आज दिउँसो करेन्ट लागेर सिरहा नगरपालिका–१९ निवासी ३५ वर्षीय सञ्जिव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । मृतक यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका– ३ रोजी मेडिकल नजिकै ना४ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५० वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पालले बताए ।

सोही ट्रकको ठक्करबाट स्थानीय ४५ वर्षीय राजातुल अन्सारी घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ८ : ४७ बजे

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म