एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन « Khabarhub

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज तथा तस्बिरको अनधिकृत प्रयोग रोक्न माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेकी छन् ।

कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आफ्नो व्यक्तिगत पहिचान दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उनले कानुनी संरक्षण खोजेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार भएको सुनुवाइका क्रममा न्यायमूर्ति पुरुषेन्द्र कुमार कौरवले व्यक्तित्व अधिकारसँग सम्बन्धित विवादमा विस्तृत कानुनी अध्ययन आवश्यक रहेको बताएका छन् । उनले कृतिका वकिल प्रवीण आनन्दलाई यस विषयसँग सम्बन्धित पुराना अदालती फैसला, अनुसन्धानपत्र र कानुनी राय पेस गर्न निर्देशन दिएका छन् ।

सुनुवाइका क्रममा व्यक्तिको नाम, अनुहार, आवाज, तस्बिर तथा भिडियो अनुमतिबिना व्यावसायिक प्रयोजनमा प्रयोग गर्न मिल्ने वा नमिल्ने विषयमा छलफल भएको थियो । साथै, यस्ता मुद्दाको सुनुवाइ उच्च अदालतको बौद्धिक सम्पत्ति विभागले गर्न मिल्ने वा नमिल्ने विषयमा पनि अदालतले स्पष्टता खोजेको छ ।

यस मुद्दाको अर्को सुनुवाइ अक्टोबर २९ मा हुने तय भएको छ ।

एआई प्रविधिको प्रयोगबाट कुनै व्यक्तिले नबोलेका कुरा बोलेको जस्तो देखाउने, नगरेको काम गरेको जस्तो नक्कली भिडियो बनाउने तथा अनुहार प्रयोग गरेर विज्ञापन तयार पार्न सकिन्छ । यस्ता सामग्रीले सम्बन्धित व्यक्तिको प्रतिष्ठा, गोपनीयता र व्यावसायिक पहिचानमा असर पार्न सक्छन् ।

कृति मात्रै होइन, बलिउड अभिनेत्री कंगना रनौत, तब्बु तथा अभिनेता विजय देवरकोंडालगायत कलाकारले पनि आफ्नो व्यक्तित्व अधिकारको संरक्षणका लागि कानुनी बाटो रोजेका छन् । क्रिकेटर अभिषेक शर्मा र युवराज सिंहले समेत आफ्नो पहिचानको अनधिकृत प्रयोगविरुद्ध कानुनी संरक्षण खोजेका छन् ।

एआई प्रविधिबाट अनुहार र आवाजको नक्कल गर्न सहज बन्दै गएको अवस्थामा व्यक्तिको पहिचानमाथिको अधिकार कसरी सुरक्षित गर्ने भन्ने बहस तीव्र बन्दै गएको छ । कृति सेननको मुद्दाले कलाकारको व्यक्तिगत अधिकार र एआईको प्रयोगलाई नियमन गर्ने कानुनी व्यवस्थाबारेको बहसलाई थप महत्त्व दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  १२ : ११ बजे

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको