टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ « Khabarhub

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा भारतको राजस्थानबाट तीन जना पक्राउ परेका छन्। भारतीय प्रहरीका अनुसार मुम्बईमा गोली प्रहार गरेपछि फरार उनीहरू दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा थिए।

राजस्थानको कोटा सिटी प्रहरीले सोमबार बिहान करिब साढे ११ बजे कोटा रेलवे स्टेसनबाट तीनै जनालाई पक्राउ गरेको हो। कोटा प्रहरी अधीक्षक तेजस्विनी गौतमले पक्राउको पुष्टि गर्दै उनीहरूमाथि सोधपुछ भइरहेको जानकारी दिएकी छन्।

प्रहरीका अनुसार पक्राउ परेका तीन जना दिल्ली हुँदै नेपाल प्रवेश गर्ने योजनामा थिए। यद्यपि, उनीहरूबाट घटनामा प्रयोग भएको हतियार बरामद हुन सकेको छैन। गोली प्रहारमा उनीहरूको संलग्नता, घटनाको उद्देश्य र अन्य व्यक्तिको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर श्राफको कारमाथि अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए। घटनामा अभिनेता श्राफ सुरक्षित रहे पनि उनका चालक फिरदौससहित दुई जना घाइते भएको विवरण सार्वजनिक भएको छ। चालकको बायाँ हातमा गोली लागेको बताइएको छ।

घटनापछि मुम्बई प्रहरीले आक्रमणकारीको खोजी तीव्र बनाएको थियो। सोही क्रममा राजस्थानको कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ परेका हुन्।

यद्यपि, पक्राउ परेका तीनै जना गोली प्रहारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि हुन बाँकी छ। प्रहरीले उनीहरूको पहिचान, घटनामा प्रयोग भएको हतियार र आक्रमणको पछाडिको कारणबारे थप विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान पूरा भएपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  २ : ०८ बजे

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान