यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु « Khabarhub

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् ।

यमनी सेनाका दुई अधिकारीका अनुसार, इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार दक्षिणी प्रान्त शबवास्थित ‘अल–आलम’ सैन्य शिविरलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारका ती अधिकारीहरूले सञ्चारमाध्यमलाई जानकारी दिन आधिकारिक अनुमति नपाएकाले नाम गोप्य राख्ने सर्तमा घटनाबारे जानकारी दिएका हुन् ।

पछिल्ला दिनमा यमनमा बढ्दै गएको द्वन्द्वका घटनामध्ये यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो । इरान र अमेरिकाबीचको व्यापक द्वन्द्वका कारण क्षेत्रीय तनाव चुलिएसँगै केही महिनायता यमनमा पनि लडाइँ तीव्र बनेको छ ।

हुथी विद्रोही र साउदी अरब समर्थित सरकारी सेनाबीच बढ्दो तनावले सन् २०२२ मा भएको युद्धविरामलाई कमजोर बनाएको छ । उक्त युद्धविरामले यमनको गृहयुद्धमा जारी लडाइँलाई धेरै हदसम्म नियन्त्रणमा राख्न मद्दत गरेको थियो ।

यसैबीच, हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, आइतबार साउदी नेतृत्वको गठबन्धनले गरेको भनिएको हवाई आक्रमणमा यमनको उत्तरी प्रान्त सादामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेका छन् ।

हुथी विद्रोहीका अनुसार, सप्ताहान्तमा भएका यस्तै अन्य आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको वा उनीहरू घाइते भएका छन् । यी घटनाबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ५ : ५४ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो