गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए « Khabarhub

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ ।

सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाका सदस्य अब्दुल्लाह मोहम्मद खमिस जाबेर मारिएका छन् । उनी हमासको हतियार उत्पादनसम्बन्धी गतिविधिमा सङ्लग्न रहेको सेनाको दाबी छ ।

तुफाह क्षेत्रमा गरिएको अर्को आक्रमणमा हमासको सैन्य शाखाका एकाइ कमाण्डरका रूपमा पहिचान गरिएका माजेद अहमद मुस्तफा सब्बाग मारिएको सेनाले जनाएको छ ।

त्यसैगरी, उत्तरी गाजाको जबालिया क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाको इन्जिनियरिङ बटालियनका सदस्य आमेर बसिर मोहम्मद खौरानी मारिएको इजरायली सेनाले जनाएको छ ।

इजरायली सेनाका अनुसार, मारिएका तीनै जना हालै इजरायली सैनिकविरुद्धका आक्रमणमा सङ्लग्न थिए । उनीहरूले हमासको सैन्य क्षमता पुनःस्थापित गर्ने प्रयास गरिरहेको पनि सेनाको दाबी छ ।

सेनाले आक्रमणअघि सर्वसाधारणको हताहती कम गर्न सटीक निशाना लगाउन सक्ने हतियार र हवाई निगरानीलगायतका उपाय अपनाइएको जनाएको छ ।आक्रमणमा सर्वसाधारणतर्फ भएको सम्भावित क्षतिबारे भने सेनाको विज्ञप्तिमा विस्तृत विवरण उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ८ : ३४ बजे

ट्रम्पको बीबीसीविरुद्धको पाँच अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

बाँके– कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती

भाइटीका : सनातन संस्कार, विज्ञान र सम्बन्धको जीवनदर्शन

निधारमा सप्तरङ्गी टीका, गलामा दोहोरो छड्के सयपत्रीको माला र शिरमा

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत

प्रधानमन्त्रीबाट भाइटीकाको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास,