आज २०८३ साल मङ्सिर ३ गते बिहीबार राशिफल « Khabarhub

आज २०८३ साल मङ्सिर ३ गते बिहीबार राशिफल


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल मङ्सिर ३ गते बिहीबार सन् २०२६ नोभेम्बर १९ तारिख। कार्तिक शुक्ल पक्षको दशमी तिथि। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस र विश्व दर्शनशास्त्र दिवस ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष  : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष  : दिन निकै राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ । व्यक्तिगत लगानीबाट नाफा हुनेछ । शिक्षामा गरेको मिहिनेतको  फल प्राप्त  हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ ।  

मिथुन : दिन राम्रो छ । राजनीतिमा बढुवा हुनेछ । समाजमा तपाईंको कामको चर्चा हुनेछ । स्वदेशमा भन्दा विदेशी रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

कर्कट  : दिन सामान्य छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । राम्रै बोले पनि नराम्रो सुनिन सक्छ । राजनीति र सामाजिक क्षेत्रमा घाटा हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ ।

सिंह  : दिन राम्रो छ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गोपनीयता कायम राख्नु उचित हुन्छ । नजिकैको धार्मिक यात्रा तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या  : सामान्य दिन छ । स्वास्थ्य, शिक्षामा प्रगति हुनेछ । लगानीको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। कृषि र जग्गा सम्बन्धी कारोबारमा घाटा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुला  : दिन राम्रो छ । अरुको विवादले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ ।

वृश्चिक  : दिन सामान्य छ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । हरेक काममा परिवारको साथ सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

धनु  : आज यात्रा गर्दा  सजग हुनुपर्नेछ । तपाईंलाई सहयोग गर्ने साथी बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा लाभ हुने दिन छ । अग्रजको सुझावमा गरेको काम सफल बन्नेछ ।

मकर  : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । हराएका सामान भेटिने सम्भावना छ । संकटमा साथीको साथ मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार आउने छ ।

कुम्भ  : दिन राम्रो छ । व्यापारमा महत्त्वपूर्ण निर्णय हुनेछ । विश्वास गरेको पात्रले साथ दिनेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

मीन  : दिन सामान्य छ । शत्रु बढ्नेछन् । तपाईंबाट फाइदा लिन खोज्ने सक्रिय छन् । खानामा अरुची बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ५ : ४२ बजे

आज २०८३ साल मङ्सिर ३ गते बिहीबार राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ३ गते बिहीबार सन् २०२६

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौं – काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम

मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक

मुस्ताङ – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च