बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क « Khabarhub

बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बसाइँसराइका कारण छिमेकी गाउँहरू रित्तिएर खेतबारी झाडीमा परिणत भएपछि बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेको छ । वन्यजन्तुको आक्रमण र बालीनाली विनाशका कारण स्थानीय किसान पशुपालन र खेतीपातीबाटै विस्थापित हुने जोखिम बढेको छ ।

पछिल्लो ९ महिनामा दमेकका पाँच किसानको १२ वटा बोका तथा बाख्रा चितुवाले मारिदिएको छ । स्थानीय किसान गङ्गाधर सापकोटाको २ बोका र १ पाठी, रत्न परियारको ३ बोका–बाख्रा तथा नारायण सापकोटा, महेन्द्र हमाल र गङ्गाबहादुर ठकुरीका २–२ वटा बाख्रा–पाठा चितुवाले खाएको हो ।

दमेकको गौडा, भैँसेखर्क र टापु क्षेत्रका करिब २५ परिवार पशुपालन र कृषिमा निर्भर छन् । तर, खर्कमा चराउन लगेका पशुचौपायामाथि चितुवाले लगातार आक्रमण गर्न थालेपछि किसानले चरन नै छाड्नुपर्ने बाध्यता सिर्जना भएको सापकोटाले बताए । आठ वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएका उनले सुरुमा २० गाई र २७ बाख्रा पालेकोमा वन्यजन्तुकै त्रासले बाख्राको सङ्ख्या घटाउँदै लगेका छन् ।

किसानहरूका अनुसार छिमेकी बस्तीहरू धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिला बसाइँसराइले रित्तिएपछि खेतीयोग्य जमिन झाडी बनेको छ । झाडी विस्तारसँगै चितुवा, दुम्सी र बाँदरको बासस्थान गाउँनजिकै सरेको हो । बारीमा पसेको बाँदर धपाउन सकिए पनि रातको समयमा आउने दुम्सीले बाली नष्ट गर्ने र दिउँसै खर्कमा चितुवा पस्ने समस्याले किसान हैरान छन् । अर्का किसान रत्न परियारले चितुवा धपाउन सक्ने तालिमप्राप्त वा शिकारी कुकुरको व्यवस्था गरिदिन नगरपालिकासँग माग गरेका छन् ।

जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले नगरपालिकाबाट बसाइँसराइ गर्ने दर उच्च रहेकाले बाँझो जग्गा र झाडी बढेको स्वीकार गरे । झाडी विस्तारकै कारण वन्यजन्तुको आतङ्क बढेर गाउँमै बस्ने किसानलाई प्रत्यक्ष मर्का परेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ७ : १७ बजे

बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क

बागलुङ – बसाइँसराइका कारण छिमेकी गाउँहरू रित्तिएर खेतबारी झाडीमा परिणत

प्रहरीको ‘ब्राबोसेरा’ अभियान : १७२ थान अवैध बन्दुक बरामद

म्याग्दी – वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने

एपिएफ महिला गोल्डकपको फाइनलमा

सुनसरी – नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु र उपत्यकामा तुवाँलो

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक