भरतपुर अस्पतालमा बिरामीको घुइँचो : गत वर्षभन्दा १० हजारले बढे सेवाग्राही « Khabarhub

भरतपुर अस्पतालमा बिरामीको घुइँचो : गत वर्षभन्दा १० हजारले बढे सेवाग्राही


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – दसैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको छ । बिदा सकिएर बहिरङ्ग सेवा (ओपीडी) नियमित सञ्चालनमा आएसँगै अस्पतालमा बिरामीको भीड लागेको हो ।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार एकै दिन ओपीडीमा ३ हजार ३ सय बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । बुधबार पनि अस्पतालमा बिरामीको चाप उस्तै रहेको उनले जानकारी दिए । चाडपर्वको बिदाका कारण निजी अस्पताल तथा क्लिनिकहरू पूर्ण रूपमा सञ्चालनमा नआएकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको सापकोटाको भनाइ छ ।

अस्पतालको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्या झन्डै १० हजारले वृद्धि भएको छ । गत वर्ष कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत २९ हजार ४ सय २२ जनाले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २ सय बिरामीले सेवा लिएका छन् ।

यस्तै, आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या पनि बढेको छ । गत वर्ष कात्तिकमा ६ हजार २ सय ५९ जनाले आकस्मिक सेवा लिएकामा यस वर्ष उक्त सङ्ख्या बढेर ७ हजार ४ सय ९५ पुगेको छ । अस्पताल आउने कुल बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउनेहरू रहेका छन् ।

ओपीडीतर्फ सबैभन्दा बढी चाप आन्तरिक मेडिसिन र अर्थोपेडिक्स विभागमा देखिएको छ । मेडिसिन विभागमा मात्रै दैनिक ३ सयदेखि ४ सयसम्म र कहिलेकाहीँ ५ सयदेखि ६ सय जनासम्म बिरामी आउने गरेको प्रवक्ता सापकोटाले बताए । निजीको तुलनामा सस्तो उपचार खर्च, स्वास्थ्य बीमाको सहज उपलब्धता र गुणस्तरीय सेवाप्रतिको विश्वासका कारण भरतपुर अस्पतालमा बिरामीको आकर्षण बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ७ : ४५ बजे

भरतपुर अस्पतालमा बिरामीको घुइँचो : गत वर्षभन्दा १० हजारले बढे सेवाग्राही

चितवन – दसैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर

बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क

बागलुङ – बसाइँसराइका कारण छिमेकी गाउँहरू रित्तिएर खेतबारी झाडीमा परिणत

प्रहरीको ‘ब्राबोसेरा’ अभियान : १७२ थान अवैध बन्दुक बरामद

म्याग्दी – वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने

एपिएफ महिला गोल्डकपको फाइनलमा

सुनसरी – नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर