चितुवा र दुम्सीको आतंकले जैमिनीका किसानलाई पशुपालन र खेती गर्नै मुस्किल « Khabarhub

चितुवा र दुम्सीको आतंकले जैमिनीका किसानलाई पशुपालन र खेती गर्नै मुस्किल


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि किसान पशुपालन र खेतीपाती गर्न समस्यामा परेका छन् । चितुवाले पशुचौपायामाथि आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन् ।

पछिल्लो नौ महिनामा दमेकका पाँच किसानका १२ वटा बोका तथा बाख्रा चितुवाले मारेको छ । चितुवाको आक्रमणबाट स्थानीय गङ्गाधर सापकोटाका दुई बोका र एक पाठी, रत्न परियारका तीन, नारायण सापकोटाका दुई, मेहन्द्र हमालका दुई तथा गङ्गाबहादुर ठकुरीका दुई बाख्रा तथा पाठा मरेका छन् ।

दमेकको गौडा, भैँसेखर्क र टापु क्षेत्रका करिब २५ घरपरिवार पशुपालन र खेतीपातीमा निर्भर छन् । चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रामाथि आक्रमण गर्न थालेपछि किसानले पशु चराउनसमेत छाड्नुपर्ने अवस्था आएको छ ।

आठ वर्षदेखि पशुपालन गर्दै आएका गङ्गाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पालेका थिए । तर, चितुवाको आक्रमण बढ्दै गएपछि बाख्राको सङ्ख्या घटाउँदै लगेको उनले बताए।

‘अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा स्थानीयवासी भए पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिएका छन् । गाउँ खाली भएपछि चितुवा र दुम्सीको आतङ्क बढेको हो’, सापकोटाले भने,’छिमेकी गाउँ रित्तिँदा खेतबारी झाडीमा परिणत भएका छन् । त्यही झाडीबाट चितुवा र दुम्सी गाउँ पस्न थालेका हुन् ।’

बाँदरलाई बारीमै पुगेर धपाउन सकिए पनि चितुवा र दुम्सी नियन्त्रण गर्न नसकिएको उनको भनाइ छ । दुम्सीले खेतीबाली नष्ट गर्ने र चितुवाले पशुचौपायामाथि आक्रमण गर्ने गरेपछि किसान दोहोरो मारमा परेको अर्का किसान रत्न परियारले बताए। उनले चितुवा धपाउन सहयोग पुग्ने कुकुर उपलब्ध गराउन जैमिनी नगरपालिकासँग माग गरेको जानकारी दिए ।

नगरपालिकामा बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो रहने र झाडी विस्तार हुने क्रम बढेको छ । स्थानीयवासी घट्दै जाँदा वन्यजन्तुको गतिविधि बढेर गाउँमा रहेका किसानलाई थप समस्या भएको छ ।

जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेका अनुसार नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी छ । बसाइँसराइका कारण गाउँमा बाँझो जग्गा बढ्दै गएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ९ : ११ बजे

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न

चितुवा र दुम्सीको आतंकले जैमिनीका किसानलाई पशुपालन र खेती गर्नै मुस्किल

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि किसान

दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ : सुरक्षा सम्मेलनमा गएर बूढीगण्डकी लगानीको चर्चा

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, युक्रेन र इरान युद्ध मुख्य एजेन्डा

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मौलिक संस्कृति र परम्परागत सीपलाई उद्यमसँग जोड्दै व्यासको बेनीकोट

तनहुँ – व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका