काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ३३५ रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँ र चाँदी तीन हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले सस्तिएको हो ।














प्रतिक्रिया