माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो « Khabarhub

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को अकुपेन्सी कमजोर देखिएपछि ‘बिगुल’को प्रदर्शन स्थगित भएको छ ।

माघ ९ गते प्रदर्शन मिति तोकिएको ‘बिगुल’को प्रदर्शन अन्तिम समयमा आएर रोकिएको हो ।

निर्देशक रमेश कोइरालाले प्रदर्शन रोकिने निर्णयको पछाडि विशेष प्राविधिक कारण देखाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विशेष प्राविधिक कारणले हालका लागि प्रदर्शन अस्थायी रुपमा स्थागित गरिएको जानकारी गराइन्छ ।’

कोइरालाले फिल्मको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रचार–प्रसारमा होमिइसकेको ‘ब‍िगुल’को प्रदर्शन रोकिनुको कारण हलमा रहेका फिल्महरुको कमजोर व्यापार रहेको बुझिएको छ ।

नेपाली कांग्रेसको फुट र विशेष अधिवेशको राजनीतिक घटना क्रमले अहिले फिल्महरुको प्रचार ओझेलमा परेका छन् । त्यसको असर फिल्मको व्यापारमा देखिएको छ ।

अहिले देशमा आगामी निर्वाचन केन्द्रित राजनीतिक गतिविधि बढेको छ । यसले फिल्मी गतिविधि छायाँमा परेको छ । यही कारण ‘बिगुल’को प्रदर्शन रोकिएको बुझिन्छ ।

‘बिगुल’ नायिका बनेशा हमाल शीर्ष भूमिकामा छिन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ०३ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत