काठमाडौं – आज २०८२ साल माघ ५ गते सोमबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ जनवरी १९ तारिख । सोनाम ल्होछार, श्रीबल्लभ जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:
मेष : धन सञ्चित हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ । साथीको साथ मिल्नेछ ।स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।
वृष : सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । राजनीतिमा साथीको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारलाई उचित सल्लाह दिन नसक्दा खटपटी बढ्नेछ । प्रेम सम्बन्धमा उतारचढाव आउनसक्ने जोखिम छ ।
मिथुन : बोल्दा सचेत बन्नुपर्नेछ । सोचेर काम अगाडि बढाएमा दीर्घकालीन योजना बन्नेछ । इज्जतका लागि धन खर्च हुनेछ । मनमा असन्तुष्टि बढ्ने योग छ । शिक्षामा ढिलासुस्ती मिल्नेछ ।
कर्कट : शत्रु बढ्नेछन् । लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
सिंह : दिन राम्रो छ । मेहिनेतको फल प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ । आज नयाँ योजनाहरु बन्नेछन् ।
कन्या : साना कुराले मन अशान्त बन्नसक्छ । सोचेको भन्दा बढी खर्च हुने भएकाले मन अशान्त बन्नेछ । परिवारबाट लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने भएकाले धैर्यता आवश्यक देखिन्छ । बौद्धिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ ।
तुला : नयाँ ठाउँको यात्रा तय हुनेछ । आफन्तसँगको बोली र व्यवहारमा फरक भएकाले काम गर्दा सचेत हुनुपर्नेछ । शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्नेछ । आफ्ना भनिएका साथीले कुरा काट्ने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।
वृश्चिक : आज नयाँ अवसर प्राप्त हुने योग परेको छ । बिहान उठेर सूर्य र पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ । परिवारमा मेलमिलाप हुनेछ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेका काम बन्नेछन् ।
धनु : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । विपक्षी ठानेका साथीको साथ र सहयोग प्राप्त हुनेछ । राज्यका अंगमा नोकरी भए बढुवा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।
मकर : सञ्चित धन खर्च हुनेछ । मन अशान्त बन्ने जोखिम छ । राजनीतिक क्षेत्रमा बहुमत रहेकाले काम सहजै बन्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ । पूर्वको लामो यात्रा एक्लै नगर्नु राम्रो हुनेछ ।
कुम्भ : दिन सामान्य छ । मनमा अशान्ति बढ्नेछ । लगानीका क्षेत्रबाट भने फाइदा हुनेछ। व्यापारको लगानीबाट फाइदा हुनेछ । बौद्धिक साथी विपक्षी समूहमा सहभागी भएकाले बोल्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ ।
मीन : मनमा उत्साह बढ्नेछ । आजको कामलाई निरन्तरता दिएमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा मिहेनत गर्नुपर्ने हुन्छ । विपक्षी साथी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । दक्षिणको यात्रा नगर्नु राम्रो हुनेछ ।













प्रतिक्रिया