प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड « Khabarhub

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको महान त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको उल्लेख गरेका छन् ।

उनले प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न तामाङ समुदायले अझै महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार पर्वले समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै उनले यस पर्वले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने आशा व्यक्त गरेका छन् । 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : १७ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने