दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’ « Khabarhub

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका लागि सङ्गठित भएका छन् ।

जातीय भेदभाव तथा दलित समुदायभित्रै कायम आन्तरिक विभेद अन्त्य गर्ने उद्देश्यले यहाँका दलित परिवार एकजुट भएका हुन् ।

समुदायको एकता र हकअधिकार सुनिश्चित गर्न १७ सदस्यीय ‘नमूना समूह’ गठन गरिएको छ । समूहले विशेषगरी दलित समुदायभित्रका दमाइँ, विश्वकर्मा, सार्की, बादीलगायत उपजातिबीच हुने अन्तरजातीय विभेद अन्त्यलाई प्राथमिकतामा राखेको छ ।

दलित अगुवा शिवी लुहारका अनुसार दलित समुदायभित्रै पनि चुलोचौका र पानी नचलाउने जस्ता कुप्रथा अझै कायम छन् । ‘दमाइँ, विश्वकर्मा, सार्की र बादी समुदायको साझा प्रतिनिधित्व हुने गरी समूह बनाएका छौँ,’ उनले भने, ‘दलितभित्रको अन्तरजातीय विभेद अन्त्य गर्दै आन्तरिक एकता कायम गर्नु र बाह्य विभेदविरुद्ध एकजुट भएर आवाज उठाउनु हाम्रो उद्देश्य हो ।’

समूहले दलित समुदायमा सामाजिक सद्भाव कायम गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा संविधानले प्रत्याभूत गरेका हकअधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा पैरवी गर्ने लक्ष्य लिएको छ । हाल समूहमा वडा नम्बर ५ का करिब एक सय दलित परिवार आबद्ध भइसकेका छन् ।

समूहका अध्यक्ष नन्दराम वडका अनुसार आगामी दिनमा सदस्य सङ्ख्या बढाएर दुई सय ५० परिवारसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

समूहले सामाजिक मुद्दासँगै आर्थिक सुरक्षालाई पनि प्राथमिकतामा राख्दै बचत परिचालनको अवधारणा अघि सारेको छ । अध्यक्ष वडले भने, ‘समूहमा आबद्ध प्रत्येक सदस्यबाट मासिक अनिवार्य एक सय बचत गर्ने व्यवस्था गरिएको छ, जसलाई समुदायको कल्याणकारी कार्यमा खर्च गरिनेछ ।’

आर्थिक अभावका कारण दलित समुदायमा मृत्यु संस्कार गर्न समस्या हुने अवस्थालाई मध्यनजर गर्दै सङ्कलित बचत रकमबाट शव वाहनको व्यवस्था, दाउरा तथा किरियापुत्रीलाई आवश्यक खाद्यान्नलगायत सामग्री सहयोग गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

‘योसँग समुदायलाई आर्थिक पछौटेपनबाट छुटकारा दिलाउनका लागि व्यावसायिक तालिम र आयआर्जनसँग जोड्छौँ’ उनले भने, ‘जातीय विभेदबारे सचेत पार्नका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गरी सक्षम बनाउछौँ ।’

वडा नम्बर ५ मा ‘नमूना कार्यक्रम’का रूपमा सुरु गरिएको यस समूहको प्रभावकारिता हेरेर शुक्लाफाँटा नगरपालिकाका अन्य वडामा पनि यस्तै समूह विस्तार गर्ने योजना रहेको अध्यक्ष वडले बताए ।

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व र बजेट विनियोजनका सवाल उठिरहेको सन्दर्भमा शुक्लाफाँटामा सुरु भएको यो सङ्गठित प्रयासले जातीय विभेद न्यूनीकरण तथा दलित समुदायको आर्थिक र सामाजिक जीवनस्तर सुधारमा सकारात्मक योगदान पुर्‍याउने वडा सदस्य जयराज पाण्डेयले बताए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ३५ बजे

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा