हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू) « Khabarhub

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी) नदीमा जलयात्रा अर्थात् राफ्टिङका लागि आन्तरिक पर्यटकको चाप बढ्नेगर्छ । 

गर्मी छल्न र नदीसँग रमाउँदै बिदा मनाउन उपत्यकावासीका लागि सुकुटे प्रमुख गन्तव्य मानिन्छ। प्रायः फागुनको मध्यदेखि असार–साउनको मध्यसम्म यहाँ राफ्टिङ हुने गर्दछ ।

तर यस वर्ष माघ महिनाको कठ्याङ्ग्रिने चिसोमा पनि भोटेकोसी नदीमा साहसिक राफ्टिङ देखिएको छ । सामान्यतया सुनसान रहने हिउँदको मौसममा समेत साहसको खोजीमा नदीमा पौँठेजोरी खेलिरहेका दृश्यहरू कैद भएका छन् ।

भोटेकोसीको छालले डुंगामाथि हान्दा उछिट्टिएको चिसो पानी अनुहारमा पर्दा शरीर सिहरिन्छ, तर सहभागीहरूको आँखामा डरभन्दा ठूलो उत्साह देखिन्छ । हिउँदमा नदीको बहाव कम भए पनि पानी अत्यन्त चिसो हुने भएकाले यो समय राफ्टिङ अझ चुनौतीपूर्ण मानिन्छ ।

राफ्टिङ स्टारका सञ्चालक दीपक कुमार राईका अनुसार अनुभवी गाइडको निर्देशन, पर्याप्त सुरक्षा उपकरण र टोलीगत समन्वय बिना यस्तो साहस सम्भव हुँदैन । ‘चिसो मौसम र उग्र नदीसँग जुध्न आत्मविश्वास र अनुशासन अत्यावश्यक हुन्छ,’ उनले भने ।

चिसो मौसम, उग्र नदी र मानवीय जिद्दीताको संगमले हिउँदको राफ्टिङलाई फरक कथामा रूपान्तरण गरेको छ, जहाँ साहसले मौसमलाई जित्ने प्रयास गर्दछ । 

हिउँदको भोटेकोसीमा राफ्टिङ दृश्य मात्र होइन, अनुभूति पनि हो चिसो पानी, तेज बहाव र आत्मविश्वासले साहसिक पर्यटनको अर्को पाटो उजागर गरेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : २२ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको