वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन « Khabarhub

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको वैवाहिक सम्बन्धलाई लिएर महिनौँदेखि चलिरहेका हल्लामाथि गोविन्दाले अन्ततः प्रतिक्रिया दिएका छन्।

एएनआईसँगको अन्तर्वार्तामा गोविन्दाले लामो समय मौन बस्दा आफूलाई कमजोर ठानिएको र समस्या आफ्नै कारणले भएको जस्तो चित्रण हुन थालेको बताए। यही कारण अहिले आफ्नो पक्ष सार्वजनिक गर्न बाध्य भएको उनको भनाइ छ।

गोविन्दाले पर्दा पछाडि एउटा ठूलो षड्यन्त्र चलिरहेको दाबी गर्दै आफ्ना नजिकका मानिसहरू समेत थाहै नपाई त्यसमा प्रयोग हुन सक्ने संकेत गरे। उनले पछिल्लो समय फिल्ममा सक्रिय नदेखिनु गुनासोको विषय नभई आफ्नै निर्णय भएको स्पष्ट पार्दै धेरै फिल्म प्रस्ताव आफूले नै अस्वीकार गरेको बताए।

पत्नी सुनीताबारे कुरा गर्दै गोविन्दाले भने, ‘उनी मेरो निर्णयका कारण चिन्तित हुन्छिन्, तर उनलाई थाहा छैन कि उनी आफैं पनि अन्जानमा षड्यन्त्रको हिस्सा बन्ने अवस्थामा छन्।’ अत्यधिक लोकप्रियतापछि केही तत्वहरूले छवि बिगार्ने प्रयास गर्ने गरेको अनुभव पनि उनले सुनाए।

परिवार र सन्तानका लागि कुनै गलतफेमी नहोस् र आफू मानसिक घुटनबाट मुक्त होऊँ भन्ने चाहनाले भगवानसँग प्रार्थना गरिरहेको गोविन्दाले बताए।

गोविन्दा र सुनीता सन् १९८७ मा वैवाहिक जीवनमा बाँधिएका थिए। उनीहरूको परिवारमा छोरी टीना आहूजा, जसले सन् २०१५ मा बलिउडमा डेब्यु गरिन्, र छोरा यशवर्धन आहूजा छन्, जो चाँडै अभिनय क्षेत्रमा प्रवेश गर्ने तयारीमा छन्।

 गोविन्दाको यस अभिव्यक्तिपछि दम्पतीको सम्बन्धलाई लिएर फ्यानहरूमा थप चासो र चर्चा बढेको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : १३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५