वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन « Khabarhub

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको वैवाहिक सम्बन्धलाई लिएर महिनौँदेखि चलिरहेका हल्लामाथि गोविन्दाले अन्ततः प्रतिक्रिया दिएका छन्।

एएनआईसँगको अन्तर्वार्तामा गोविन्दाले लामो समय मौन बस्दा आफूलाई कमजोर ठानिएको र समस्या आफ्नै कारणले भएको जस्तो चित्रण हुन थालेको बताए। यही कारण अहिले आफ्नो पक्ष सार्वजनिक गर्न बाध्य भएको उनको भनाइ छ।

गोविन्दाले पर्दा पछाडि एउटा ठूलो षड्यन्त्र चलिरहेको दाबी गर्दै आफ्ना नजिकका मानिसहरू समेत थाहै नपाई त्यसमा प्रयोग हुन सक्ने संकेत गरे। उनले पछिल्लो समय फिल्ममा सक्रिय नदेखिनु गुनासोको विषय नभई आफ्नै निर्णय भएको स्पष्ट पार्दै धेरै फिल्म प्रस्ताव आफूले नै अस्वीकार गरेको बताए।

पत्नी सुनीताबारे कुरा गर्दै गोविन्दाले भने, ‘उनी मेरो निर्णयका कारण चिन्तित हुन्छिन्, तर उनलाई थाहा छैन कि उनी आफैं पनि अन्जानमा षड्यन्त्रको हिस्सा बन्ने अवस्थामा छन्।’ अत्यधिक लोकप्रियतापछि केही तत्वहरूले छवि बिगार्ने प्रयास गर्ने गरेको अनुभव पनि उनले सुनाए।

परिवार र सन्तानका लागि कुनै गलतफेमी नहोस् र आफू मानसिक घुटनबाट मुक्त होऊँ भन्ने चाहनाले भगवानसँग प्रार्थना गरिरहेको गोविन्दाले बताए।

गोविन्दा र सुनीता सन् १९८७ मा वैवाहिक जीवनमा बाँधिएका थिए। उनीहरूको परिवारमा छोरी टीना आहूजा, जसले सन् २०१५ मा बलिउडमा डेब्यु गरिन्, र छोरा यशवर्धन आहूजा छन्, जो चाँडै अभिनय क्षेत्रमा प्रवेश गर्ने तयारीमा छन्।

 गोविन्दाको यस अभिव्यक्तिपछि दम्पतीको सम्बन्धलाई लिएर फ्यानहरूमा थप चासो र चर्चा बढेको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : १३ बजे

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

झापाबाट ओलीको टिप्पणी : देशमा शान्ति सुरक्षा छैन, जेल फोड्नेको मुद्दा सरकारले फिर्ता लिँदैछ

दमक (झापा)- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका