वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार « Khabarhub

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । 

अस्पतालका निर्देशक डा दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । 

‘अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष थप गरेका हौँ । अझै २० आकस्मिक कक्ष चाँडै नै विस्तार हुने छ ।’

उक्त आकस्मिक कक्षमा बिरामीका कुरुवालाई खाना पकाउने व्यवस्था समेत गरिएको छ । अस्पतालका निर्देशक डा. शर्माका अनुसार उक्त आकस्मिक कक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट रु सात करोडको लागतमा निर्माण गरिएको हो । 

अस्पतालमा अहिले दैनिक तीन हजारभन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन् । यस्तै अस्पतालमा दैनिक ७० देखि ८० साना ठूला शल्यक्रिया गर्ने गरिएको छ । अस्पतालमा हाल ८५० शय्या र ११० सघन उपचार कक्ष (आईसियु) रहेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ०९ बजे

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।