असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन « Khabarhub

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा असहमति हुँदाहुँदै पनि पार्टी सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका छन् । 

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा लिङ्देनले वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा देखिएको समस्या समाधान नगरी हुन लागेको निर्वाचनले निकास नदिने कुरामा पार्टी अडिग रहे पनि मुलुक जबरजस्त चुनावतर्फ अघि बढिसकेकाले पार्टी पनि सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका हुन् ।

प्रजातान्त्रिक दल भएकाले आफूहरू निर्वाचनमा सहभागी हुने र चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने उनले बताए । उनले देशलाई दीर्घकालीन शान्ति तथा स्थायित्व निर्माण गर्नका लागि पूर्व राजा, राजनीतिक दल र जेन-जी पुस्ताबीच नवीनतम समझदारी आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष लिङ्देनले अभिभावकीय संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको र दुई तहको संरचनासहितको व्यवस्था हुनुपर्ने दोहराए । 

कार्यक्रममा अध्यक्ष लिङ्देनले अधिवक्ता स्वागत नेपाललाई पार्टी प्रवेश गराएका थिए । अधिवक्ता नेपाललाई राप्रपाले  झापा–२ का लागि उम्मेदवारको रूपमा घोषणा समेत गरेको छ । 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ३८ बजे

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा