शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद « Khabarhub

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल हटेको छैन ।

दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला अलग्गै बसेका छन्।

कुनै बेला एकैठाउँ रहेका गगन र नेता शेखरबीच विशेष महाधिवेशनको विकसित परिस्थितिमा अझैसम्म संवाद हुन सकेको छैन ।

शेखरको सचिवालयका अनुसार अहिले प्रतिनिधिसभाको टिकट माग्नेको भिड लागेको छ । तर शेखरसँग गगनले टिकट वितवरणमा कुनै संवाद अघि नबढाएको उनको सचिवालयले जनाएको छ।

‘देशैभरबाट टिकट माग्न आउने नेताहरुको भिड लागेको छ’, शेखरको सचिवालयले भनेको छ, ‘तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ, त्यसको अहिलेसम्म कुनै जानकारी छैन ।’

शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि अहिलेसम्म सभापति थापासँग संवाद हुन नसकेको पुष्टि गरेका छन् ।

‘जहाँसम्म डा. शेखर कोइराला र गगन थापा मिलेर जाने कुरा समाचारमा आइरहेको छ, त्यसमा सत्यता छैन’, उनले भने, ‘आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिका कसैले कुनै पनि माध्यमबाट डा. शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छैन ।’

सभापति थापाले सोमबार मात्रै प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका थिए ।

सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै उनले भनेका थिए, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’

उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका थिए । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका थिए।

‘भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो’, उनले भनेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ४२ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित