काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री रश्मिका मांडणाको फिल्म ‘सिकन्दर’ रिलिज भएयता दर्शकहरूको मन जित्न असफल रह्यो।
गत वर्ष ३० मार्च रिलिज भएको यो फिल्मले २०० करोड रुपैयाँको बजेटमा निर्माण भए पनि वर्ल्डवाइड बक्स अफिसमा केवल १८५ करोड मात्र कमाउन सक्यो।
रश्मिकाले फिल्मको असफलताको मुख्य कारण स्क्रिप्ट र वास्तविक फिल्मबीचको ठूलो फरक रहेको खुलासा गरेकी छिन्। उनका अनुसार, कलाकारको अभिनय, एडिटिङ र रिलिजको समयमा कथामा आएका परिवर्तनहरूले दर्शकमा प्रभाव पुगेको हो।
फिल्ममा सलमान र रश्मिकासँगै सत्यराज, काजल अग्रवाल, शरमन जोशी, संजय कपूर र विकास वर्मा जस्ता कलाकारहरू पनि थिए।
दर्शकहरूले अपेक्षा गरेको उत्साह र प्रतिक्रिया नपुगेकोले ‘सिकन्दर’ बक्स अफिसमा फ्लप ठहर भएको मिडिया रिपोर्टले जनाएका छन्।













प्रतिक्रिया