प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट « Khabarhub

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्।

थारू समुदायको बाक्लो बसोबास रहेको बर्दियाका दुवै क्षेत्रमा पहाडी मूलका नेतालाई उठाएको गुनासो गर्दै उनले टिकट नेकपा संयोजक पुष्पकमल दाहाललाई फिर्ता गरिदिएका हुन् ।

थारू सामुदायको बाक्लो उपस्थिति रहेको बर्दियामा जातीय सन्तुलन मिलाउन चुकेको भन्दै गौतमले नेकपा संयोजक प्रचण्डलाई टिकट फिर्ता गरिदिएको बताएका छन् ।

बर्दियामा जुनसुकै काममा सफल हुन थारू र गैरथारू समुदायबीच सन्तलुन चाहिने उनले बताएका छन् ।
‘बर्दियाको जातीय अवस्थाबारे तपाईंला थाहा छ । जेन-जी आन्दोलनपछिको अवस्थालाई पनि बेवास्ता गरेर नेपाली कम्युनिस्ट पार्टीले दुवै निर्बाचन क्षेत्रमा पहाडी मूलकालाई उम्मेदवार बनाउने निर्णय सही छैन’, उनले भनेका छन्, ‘त्यसकारण म वामदेव गौतमले यस्तो अवस्थामा बर्दिया १ बाट उमेदवारी नदिने निर्णय गरेँ। तपाईंहरूले दिनु भएको उम्मेदवारको पत्र फर्काइदिएँ ।’

उनले टिकट फर्काए पनि नेकपाको सबै जिम्मेवारीमा आफू खटिरहने बताएका छन् ।

यसअघि आइतबार प्रतिनिधिसभाको चुनावमा उठ्न वामदेवसहित राष्ट्रियसभाका तीनना सदस्यहरूले राजीनामा दिएका थिए ।

प्रतिनिधिसभाको टिकट पाएपछि नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : २२ बजे

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

झापाबाट ओलीको टिप्पणी : देशमा शान्ति सुरक्षा छैन, जेल फोड्नेको मुद्दा सरकारले फिर्ता लिँदैछ

दमक (झापा)- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका