बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा « Khabarhub

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रत्यक्षतर्फ टिकट दिएपछि दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्। 

गत २०७९ सालको प्रदेशसभा सदस्यमा सिन्धुपाल्चोक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । 

पार्टीले विश्वास र भरोसा गरेर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको दुलालले बताए। 

‘प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएर भर्खरै सिन्धुपाल्चोक आफ्नो क्षेत्र फर्केको छु’, उनले भने, ‘भोलि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने छु ।’

यता बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले प्रदेशसभा सदस्य दुलालको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत गर्ने प्रक्रिया अघि बढेको बताए। 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : २५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि