‘फर्किन्छु कि फर्किन्नँ थाहा छैन’ भन्ने नेहा कक्कडको सन्देशले फ्यानहरू चिन्तित « Khabarhub

‘फर्किन्छु कि फर्किन्नँ थाहा छैन’ भन्ने नेहा कक्कडको सन्देशले फ्यानहरू चिन्तित


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित बलिउड गायिका नेहा कक्कडले हालै सामाजिक सञ्जालमा गरेको एक भावुक पोस्टले फ्यानहरु चिन्तित देखिएका छन् ।

उनले जिम्मेवारी, सम्बन्ध र कामबाट ब्रेक लिने संकेत गरेपछि फ्यानहरू उनको अवस्थाबारे चिन्तित देखिएका छन् । उक्त पोस्ट सार्वजनिक भएको केही समयमै डिलिट गरिएको थियो ।

आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत नेहाले लेखेकी थिइन्, ‘टाइम टु टेक अ ब्रेक फ्रम रेस्पोन्सिबिलिटिज, रिलेसनसिप्स, वर्क एन्ड एभ्रिथिङ आइ क्यान थिङ्क अफ राइट नाउ । नट स्योर इफ आइ विल बी ब्याक अर नट। थ्याङ्क यू ।’

सधैँ स्टेज र सामाजिक सञ्जालमा सक्रिय देखिने नेहाले ब्रेक लिनुको कारण भने खुलाएकी छैनन् । तर त्यसपछि पोस्ट गरिएको अर्को सन्देशमा उनले पापाराजी र फ्यानहरूलाई आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेकी थिइन् ।

हालसम्म नेहा कक्कडको व्यवस्थापन टोलीबाट ब्रेकको अवधि वा कारणबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

यसैबीच, उनको यो निर्णय हालै सार्वजनिक गीत ‘क्यान्डी शप’ (ललिपप) लाई लिएर सामाजिक सञ्जालमा भएको आलोचनासँग पनि जोडेर हेरिएको छ ।

उक्त गीत डिसेम्बर १५, २०२५ मा सार्वजनिक भएको थियो, जसपछि नेहा र उनका भाइ टोनी कक्कड आलोचनाको केन्द्रमा परेका थिए ।

नेहाको यो कदम मानसिक स्वास्थ्य र व्यक्तिगत स्पेसको महत्वलाई लिएर फेरि बहस सुरु गराउने संकेतका रूपमा पनि हेरिएको छ । फ्यानहरू अहिले उनी चाँडै सकारात्मक मनस्थितिमा फर्किने आशा गरिरहेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ४२ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार