सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता « Khabarhub

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चारवटा सङ्घीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा निर्वाचनको तयारी तीव्र पारिँदै  मतदाता र मतदान केन्द्रको अन्तिम सङ्ख्या टुङ्गो लगाइएको हो ।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्यांकअनुसार निर्वाचन क्षेत्र नं १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी कूल एक लाख ११ हजार ९४९ मतदाता र १३० मतदान केन्द्र रहेका छन् । निर्वाचन क्षेत्र नं २ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी कूल एक लाख १५ हजार ७६० मतदाता र १३६ मतदान केन्द्र कायम गरिएको छ ।

क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नं ३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी कूल एक लाख १९ हजार २५० मतदाता र १३६ मतदान केन्द्र तोकिएको छ भने ४ नं क्षेत्रमा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिलासहित एक लाख छ हजार ६८६ मतदाता र १२९ मतदान केन्द्र कायम गरिएको छ ।

सिरहाका मुख्य निर्वाचन अधिकृत डा. श्रीप्रकाश उप्रेतीका अनुसार निर्वाचनलाई व्यवस्थित बनाउन चारवटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा ल्याइएको छ । 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ५२ बजे

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर