स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने « Khabarhub

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र बैंकर भरत ढकाल प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका छन् ।

सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले स्याङ्जा क्षेत्र नं १ बाट ढकाल र क्षेत्र नं २ बाट मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। ढकाल समाजसेवी तथा सफल बैंकरका रूपमा परिचित छन् भने मल्ल पूर्व प्रदेशसभा सदस्य समेत हुन् । ढकाल पहिलोपटक उम्मेदवार बनेका हुन्।

यता स्याङ्जा क्षेत्र नं २ मा मल्लको विकल्प नभएको भन्दै स्थानीय कार्यकर्ताले लामो समयदेखि सामाजिक सञ्जालमार्फत दबाब दिँदै आएका थिए ।

पारिवारिक राजनीतिक पृष्ठभूमिबाट आएका मल्ल २०५२र०५३ सालदेखि सक्रिय राजनीतिमा संलग्न भए पनि २०७२ सालमा तरुण दलको जिल्ला अध्यक्ष बनेपछि पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा स्याङ्जाबाट निर्वाचित एक मात्र कांग्रेस सांसद बन्न सफल भएका थिए ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ बाट कांग्रेस जिल्ला सभापति राजु थापाले एमाले नेता नारायण मारासिनीलाई पराजित गर्दै विजय हासिल गरेका थिए । यसपटक जिल्लामा उम्मेदवारका रूपमा चर्चा भए पनि देशको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नयाँ अनुहारलाई अवसर दिनुपर्ने धारणा राख्दै थापा उम्मेदवार बनेनन् ।

त्यसैगरी, अघिल्लो निर्वाचनमा क्षेत्र नं २ बाट एमाले नेता पद्मा कुमारी अर्याललाई पराजित गर्दै तत्कालीन कांग्रेस उपसभापति धनराज गुरुङ निर्वाचित भएका थिए । शेखर पक्षका पूर्व उपसभापति गुरुङ पनि यसपटक युवापुस्तालाई अघि सार्नुपर्ने पक्षमा सकारात्मक देखिए ।

नेपाली कांग्रेसले स्याङ्जासहित ३५ जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : ०९ बजे

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी

होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैन : मचाडो

मड्रिड – गत बर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी