सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने « Khabarhub

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस फोरमले यहाँस्थित पत्तालेमा ‘सगरमाथा–लुम्बिनी जलवायु पहल–२०२६’ को शुभारम्भ गरेको छ ।

नेचासल्यान गाउँपालिकासँगको सहकार्यमा आइतबार सो कार्यक्रम औपचारिक शुभारम्भ गरिएको संस्थाका अध्यक्ष वासु गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यस पहलअन्तर्गत सन् २०२७ भित्रमा आठ हजार ८४८ बोट फलफूलको विरुवा जिल्लाको विभिन्न भागमा रोपिने छ ।

वातावरणीय सरसफाइ, वृक्षरोपण तथा जलवायु परिवर्तनसम्बन्धी सामुदायिक सचेतना कार्यक्रम समेटिएको एकवर्षे जलवायु कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ । कार्यक्रम नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष वासु गौतमले सन् २०१९ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको दश लाख बिरुवा वृक्षरोपण तथा संरक्षण पहलमार्फत वातावरण संरक्षण र जलवायु सन्तुलनका लागि दीर्घकालीन दृष्टिकोणका साथ काम गर्दै आएको उल्लेख गरे ।

फोरमका अनुसार सन् २०१९ यता देशभर दुई लाखभन्दा बढी फलफूलका बिरुवा रोपण भइसकेको छ । संस्थाले सन् २०३० सम्म १० लाख बिरुवा रोपण तथा संरक्षण गर्ने लक्ष्य लिएको जनाएको छ । जसले संयुक्त राष्ट्रसङ्घीय सत विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रयासलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

यसै पहलअन्तर्गत आगामी फेब्रुअरी २ मा विश्व सिमसार दिवसको अवसर पारेर लुम्बिनीमा पनि समान प्रकृतिको वृक्षरोपण तथा वातावरणीय सचेतना कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : १९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित