काठमाडौं- बढ्दो चिनियाँ प्रभावबीच फिलिपिन्स र जापानले रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै गोलीगठ्ठा, इन्धन, खानेकुरा र अन्य अत्यावश्यक सामग्रीको खरिदमा कर छुट हुनेछ ।
यस सम्झौतामा जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी र फिलिपिनी समकक्षी थेरेसा लजारोबीच फिलिपिन्सको राजधानी मनिलामा हस्ताक्षर भएको हो । अमेरिकी टेलिभिजन सञ्जाल एबीसीका अनुसार जापानले फिलिपिन्सका लागि नयाँ सुरक्षा र आर्थिक विकास सहयोगको पनि घोषणा गरेको छ ।
पछिल्लो समय जापानले चीनसँग सुरक्षा, राजाीतिक र व्यापारिक तनाव खेपिरहेको छ । हालै जापानी प्रधानमन्त्री सनाए ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरे जापानले हस्तक्षेप गर्ने टिप्पणी गरेकी थिइन् । जापानी प्रधानमन्त्रीको टिप्पणीपछि चीन क्रुद्ध भएको छ ।
त्यसैगरी, फिलिपिन्सले पनि दक्षिण चीन सागरमा चिनियाँ हस्तक्षेपको सामना गरिरहेको छ । चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरमा अवस्थित टापुको सार्वभौमिकतालाई लिएर विवाद छ ।













प्रतिक्रिया