क्षेत्रीय सुरक्षाका लागि भारतसँग सहकार्य गर्न तयार छौँ : मलेशियन प्रतिनिधि « Khabarhub

क्षेत्रीय सुरक्षाका लागि भारतसँग सहकार्य गर्न तयार छौँ : मलेशियन प्रतिनिधि


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशिया र भारतका रक्षा प्रतिनिधिहरु सम्मिलित रक्षा सम्मेलन सम्पन्न भएको छ । दुई देशका प्रतिनिधिहरुले एशियाली रक्षा मन्त्रीहरुको सम्मेलनका साथै प्रतिआतंकवाद विज्ञ समूहको बैठकको सहअध्यक्षता गरेका हुन् ।

सम्मेलनमा सहभागी मलेशियाको प्रतिनिधिमण्डलका प्रमुख दातो मुहम्मद अम्मिर बिन हारोनले क्षेत्रीय सुरक्षाका लागि भारतसँग सहकार्य गर्न तत्पर रहेको जनाएका छन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा दातो बिन हारोनले आफूहरु क्षेत्रीय सुरक्षा र स्थीरताका लागि सहकार्य गर्न तत्पर रहेको बताएका हुन् ।

उनले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानमा रणनीतिक साझेदारका रुपमा भारतको भूमिका महत्वपूर्ण रहेको बताए । उनले यसै वर्षको सेप्टेम्बर महिनामा मलेशियाका रक्षा महासचिवले भारत भ्रमण गर्न लागेको जानकारी पनि दिए ।

यसबाट दुई देशबीच रक्षा सहकार्य र नीतिगत संवाद थप मजबुत हुने अपेक्षा गरिएको छ । दुई पक्षबीच व्यवहारिक रक्षा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : २८ बजे

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक