नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार « Khabarhub

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ ।

बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ ।

बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई यहाँ आइपुगेका छन् ।

लिस्बनस्थित नेपालको राजदूतावासका अनुसार द्विपक्षीय परामर्शका क्रममा परराष्ट्र सचिवले पोर्चुगलको परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुका साथै नवस्थापित नेपाली दूतावासको उद्घाटन गर्ने कार्यक्रम छ ।

यहाँ रहँदा परराष्ट्र सचिवले नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल पनि गर्नेछन् । हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपालीको बसोबास छ ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल तथा दूतावासका अन्य अधिकारी रहने छन् ।

प्रतिनिधिमण्डल आगामी आइतबार स्वदेश फर्कने छ । सन् २०१८ मा नेपाल–पोर्चुगल परामर्श संयन्त्र स्थापना भएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : ३७ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले